स्वास्थ्य चौकीहरूमा औषधिको अभाव
जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीहरूमा पठाउनु पर्ने औषधि उपलब्ध गराउन नसकेको हुँदा औषधिको अभाव भएको हो ।
ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूबाट क्रमशः ५८ र ३५ प्रकारका औषधि निशुल्क वितरण गर्ने भएपनि ती मध्ये अत्यावश्कय केही औषधिहरू केही दिन यता अभाव भएको हो ।
हाल स्वास्थ्य चौकीहरूमा सिटामोल, आइरन चक्की, जीवनजललगायतको अभाव भएको छ । जिल्ला अस्पतालबाट ७० प्रकारका औषधिहरू वितरण गरिएपनि जिल्ला अस्पतालले पनि ५१ प्रकार भन्दा बढीको औषधि वितरण गर्न सकेको छैन ।
जामुने स्वास्थ्य चौकीका इञ्चार्ज तिलकराज घिमिरेले औषधिको अभाव भएको भन्दै बिरामीहरूलाई पर्याप्त मात्रामा औषधि उपलब्ध गराउन नसकिएको बताए । इन्सेकले ०७३ पुस ७ गते जामुने स्वास्थ्य चौकीको भ्रमणको क्रममा इञ्चार्ज घिमिरेले पर्याप्त औषधिहरू नभएको हुँदा बिरामीलाई त्यसै अनुसार दिन बाध्य भएको बताएका थिए ।
केन्द्रले उपलब्ध गराउने औषधि समयमै नपठाउँदा जिल्लास्थित अस्पताल र स्वास्थ्य चौकीहरूले बिरामीलाई निशुल्क उपलब्ध गराउनु पर्ने औषधि वितरण गर्न नपाएका हुन् । हालै जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाकै बजेटबाट बढीमा दुई महिनाको लागि औषधिको व्यवस्था गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पवनजङ्ग रायमाझीले जिल्लाकै बजेटबाट व्यवस्था गरेर हाललाई बढीमा दुई महिनाको लागि मात्र औषधिको व्यवस्था भर्खर गरिएको र उक्त औषधिहरू स्वास्थ्य चौकीहरूमा केही दिन भित्रमा पुगिसक्ने बताए ।
तर, दुई महिना भित्र केन्द्रले खरिद प्रक्रिया पुरा गरेर औषधि उपलब्ध नगराए जिल्ला भर नै औषधिको अभाव हुने डा. रायमाझीले बताए । जिल्ला अस्पतालले ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने भनिएपनि आफूहरूले हाल ५१ प्रकारको मात्र व्यवस्था गरिएको डा. रायमाझीको भनाइ छ ।
निशुल्क वितरण गरिने औषधिमा केन्द्रको ७०, क्षेत्रको २० र जिल्लाको १० प्रतिशत हिस्सा रहन्छ । तर, केन्द्रले २ वर्षदेखि औषधि उपलब्ध नगराएको डा. रायमाझीले बताए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…