स्वास्थ्य चौकीमा सेवा लिन एक दिनको पैदल बाटो हिडनु पर्ने गुनासो

  ०७६ फागुन २८ गते

नेपाल सरकारको स्वास्थ्य नीतिमा भौगोलिक र जनसङख्याको अनुपातका आधारमा बढीमा ३० मिनेटको दुरीमा एक गाँउ एक स्वास्थ्य संस्थाको अवधारणा रहेपनि मुगुम कार्मारोङ गाउँपालिका–१ चिताई गाँउका स्थानीयबासी बिरामी हुदाँ स्वास्थ्य सेवा लिन एक दिनको पैदल बाटो हिडनु पर्ने गुनासो गरेका छन् ।

मुगुम कार्मारोङ गाउँपालिका–१ चिताई गाँउमा स्वास्थ्य चौकी नभएकाले यो गाउँका सर्वसाधारण सामान्य बिरामी हँुदा उपचार गर्न सोही वडाको डोल्पु गाउँमा रहेको स्वास्थ्य चौकीमा एक दिन पैदल हिडेर सेवा लिन जान बाध्य भएका हुन ।

स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल व्यवस्था गर्न त्यस क्षेत्रका प्राथामिक स्वास्थ्य सेवा केन्द्रहरू तथा स्वास्थ्य चौकीहरू क्रमश स्तरोन्नती गरिने छ । भौगलिक र जन सङख्याको अनुपातका आधारमा बढीमा ३० मिनेट दुरीमा एक गाँउ एक स्वास्थ्य संस्थाको अवधारणलाई सफलिभुत बनाउन एक वडा एक स्वास्थ्य चौकी सहित कम्तिमा तीन सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिने नेपाल सरकारको स्वास्थ्य नीति २०७४ को रणनीतिमा उल्लेख गरिएको छ ।

मुगुम कार्मारोङ गाउँपलिका–१ चिताई, डोल्पु र वाँग्री गाउँका स्थानीयबासीकालागि डोल्पुगाउँमा स्वास्थ्य चौकी स्थापना गरिएको भएपनि भौगोलिक विकटताका कारण चिताई गाउँका स्थानीयले स्वास्थ्य सेवा लिन एक दिन पैदल हिड्न बाध्य छन् ।

यसैगरी वाँग्री गाउँका स्थानीय भने १५ वर्ष अघि पुरै गाउँ खाली गरेर बसाईसराई गरी जुम्लामा बस्दै आएका छन् । उक्त स्वास्थ्य चौकीबाट डोल्पु गाँउका स्थानीयले मात्र सेवा पाउँदै आएका छन् । गर्ववति महिला समेत नियमित चेक जाँच गर्न एक दिन पैदल हिडेर स्वास्थ्य सेवा पुग्नु पर्ने बाध्यता रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले यो आर्थिक वर्षमा चिताई गाउँकालागि सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाकालागि कोटा निर्धारण गरेको भएपनि उक्त कोटा सोही गाउँपालिका–९ चिमात गाउँमा स्थापना गरिदा चिताईबासी स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको मुगुम कार्मारोङ–९ का वडा अध्यक्ष सोनामवाँग्री तामाङ्गले बताउनु भयो ।
रुगा खोकीदेखि अन्य बिरामी हुँदा गाउँबाट एक दिन हिडेर स्वास्थ्य चौकी पुग्नुपर्छ । स्वास्थ्य चौकीमा पुगि सकेपनि कहिले स्वास्थ्यकर्मी हुदैनन । स्वास्थ्यकर्मी भए औषधि हुदैन ।

बालबालिकालाई खोप लगाउन मात्र गाउँमा कहिलेकाँही स्वास्थ्यकर्मी पुग्छन । अन्य सेवा लिनकालागि डोल्पु स्वास्थ्य चौकी र पुलु स्वास्थ्य चौकीमा वा दुई दिन हिडेर सदरमुकाम गमगढीमै पुग्नुपर्ने बाध्यता रहेको मुगुम कार्मारोङ गाँउपालिका–१ चिताई गाँउका ४८ वर्षीय छिटुप तामाङ्गले बताउनु भयो ।

भौगोलिक बनावटले गर्दा चिताई गाउँका सर्वसाधरणले स्वास्थ्य सेवा समयमा पाइरहेका छैनन । बालबालिकालाई लगाउने खोपदेखि अन्य अभियानमा स्वास्थ्यकर्मी गाउँमै पुग्ने गरेको भएपनि अन्य सेवाकालागि सेवाग्राही स्वास्थ्य चौकीमा आउने गरेका छन् । चिताई गाँउदेखि डोल्पुगाउँमा रहेको स्वास्थ्य चौकी दुरीका हिसावले टाढा भएका कारण समयमै सेवा पाउन सकेका छैनन । चिताईबासीलाई स्वास्थ्य सेवाबाट बञ्चित नहुनकालागि गाउँमै स्वास्थ्य संस्था स्थापना गर्ने बाहेकको अर्को बिकल्प नरहेको डोल्पु स्वास्थ्य चौकीका इन्चार्ज सर्पराज भामले बताउनु भयो ।


जीवन सेजुवाल