स्वास्थ्य केन्द्र डाक्टरविहिन हुँदा सेवाबाट वन्चित भएको स्थानीयको गुनासो
जोरायल गाउँपालिकास्थित लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सो क्षेत्रका स्थानीयहरूले गुनासो गरेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी रहेको भएपनि डाक्टर सहितका स्वास्थ्यकर्मीहरु नभएको कारण सो क्षेत्रका स्थानीयहरुले समस्या झेल्नु परेको हो ।
लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रिक्त रहेको र कार्यालयमा रहेका कर्मचारीहरूसमेत नियमित रूपमा स्वास्थ्य चौकीमा नआउने गरेका कारण सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम दिपायल सिलगढी धाउनु परेको स्थानीय कृष्णराज जोशीले दुखेसो पोख्नु भयो ।
जोरायल गाउँपालिका–५ गडशेराका प्रकाश ओझाले प्राथमिक स्वास्थ्य चौकीमा डाक्टर नभएका कारण सामान्य उपचार गर्न समेत कच्ची बाटोमा चर्को भाडा तिरेर जिल्ला सदरमुकाम सिलगढी धाउनु परेको गुनासो गर्नु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टरको व्यवस्था नगरिएका कारण आफूहरुले सेवा पाउन नसकेको स्थानीय कल्पना मडैले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीबाट पाउनु पर्ने सेवा नपाउदा स्थानीयले सास्ती भोगिरहनु परेको छ । स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल, डोटी, कैलाली जिल्लास्थित सेती प्रदेशिक अस्पताल, धनगढी, पदमा अस्पताल, अत्तरिया र उपक्षेत्रिय अस्पताल, डडेल्धुरा धाउनु पर्ने बाध्यता छ ।’
स्वास्थ्य चौकीमा डाक्टर दरबन्दी पुर्ति गर्नका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गर्दै अएकोे भएपनि समस्या समाधान हुन नसकेको गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख गोविन्द बिष्टले बताउनु भयो ।
भौगोलिक विकटताका कारण प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नै आउन नमानेपछि सर्वसाधारण जनतालाई समस्या भएको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘हामिले प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरलाई खटाउनको लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालमा पत्राचार गरेका छौँ । तर, डाक्टर पठाउने आश्वासन पाए पनि समस्या समाधान भएको छैन् । समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको छ ।’
बासुदेब जोशी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…