स्वास्थ्यकर्मी माथि भएको दुर्व्यहार घटना प्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण
बिरामीको उपचारमा खटिएका भेरी अस्पताल, नेपालगञ्जका डाक्टर विपिन आचार्यलगायत स्वास्थ्यकर्मीहरू माथि भएको दुर्व्यवहार घटना प्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् । नेपाल बार एशोसिएशन, उच्च अदालत बार एशोसिएशन, जिल्ला बार एशोसिएशन, इन्सेक लगायत सङ्घ संस्था आवद्ध अधिकारकर्मीहरूले घटनाको अनुगमन पश्चात माघ २० गते विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएका हुन ।
आफूहरूलाई सामाजिक अभियन्ता भन्ने केही व्यक्तीहरूले विधि प्रक्रियाको उल्लङ्घन गरी अस्पताल जस्तो संवेदनशील क्षेत्र भित्र प्रवेश गरी स्वास्थ्यकर्मीहरू माथि अमार्यादित क्रियाकलाप र दुर्व्यवहार गरेको घटना प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
अनुगमनको क्रममा दूरदराजबाट उपचारका लागि आएका बिरामीहरूको उपचारमा खटिरहेको बेला एक्कासी केही व्यक्तिहरू आएर दुर्व्यहार गरेर लछार पछार गरी अस्पताल बाहिर लगेर अभद्र व्यवहार गरेको बुझिएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उक्त कार्यमा सङ्लग्न व्यक्तिहरूको पहिचान कानुन अनुसार कारबाहीको माग गरिएको छ ।
नेपाल बार एशोसियशनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ , नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही , इन्सेक लुम्बिनी प्रदेश कार्यालय, प्रमुख भोला महत , फियान नेपालका सुरेश गौतम, अधिवत्ता प्रल्हादबहादुर कार्की, हिमराइटसका प्रकाश उपाध्याय , मानव अधिकार एलाइन्सका प्रभातकुमार ठकुरी, एडभोकेसी फोरमका बसन्त गौतम, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाको सुनिश्चिता गर्न र अति सम्वेदनशील मानिने स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्न सबै पक्षलाई अपिल गर्दछौ भनिएको छ ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…