स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या
स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्षको असोज महिनामा समायोजनको क्रममा अन्यत्रै सरूवा भएर गएपछि कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका हुन् ।
तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकोमा उनी दशै अगाडी नै समायोजनको क्रममा अन्यत्रै गएको त्यस यता अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएको कारगारका सूचना अधिकारी नारायण अधिकारीले बताउनुभयो ।
‘अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको छ तर स्वास्थ्यकर्मी आएका छैनन् ।’–उहाँ भन्नुहुन्छ–‘स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारको लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको छ ।’
अहिले चिसो बढेपछि कैदीबन्दीमा पनि विभिन्न खाले स्वास्थ्य समस्याहरू देखिन थालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरूलाई उपचार र स्वास्थ्य परीक्षणकोलागि दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको अधिकारीले बताउनुभयो ।
एक सय पाँच जना क्षमताको कारागारमा अहिले एक सय ८७ जना कैदी र ८२ जना थुनुवा गरी जम्मा दुई सय ६९ जना छन् ।
क्षमता भन्दा धेरै कैदीबन्दी एकै ठाउँमा राख्नुपर्दा र एक आपसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा बढी मात्रामा छाला सम्बन्धी रोगहरू र त्यसबाहेक रूघा खोकी र भाईरल ज्वँरो जस्ता स्वास्थ्य समस्याहरू देखिन थालेको अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी नहुँदा विभिन्न रोगका कारण दैनिक चार /पाँच जना कैदीबन्दीलाई स्वास्थ्य परीक्षणकोलागि अस्पतालमै लानुपर्ने बाध्यता रहेको बन्दीहरूका नाईके विष्णुहरि घिमिरेले बताउनुभयो ।
उहाँले अहिले कोभिड- १९ को अवस्थामा सङ्क्रमणको डर हुँदा पटकपटक सामान्य रोगको उपचारमा अस्पताल जानुपर्नेले थप स्वास्थ्य अवस्थामा जोखिम बढाएको बताउनुभयो ।
कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणकोलागि लैजानुपर्ने अधिकारीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले कारागारमा आउने स्वास्थ्यकर्मीको टुंगो पनि लागिसकेको तर के कारणले आउनमा ढिलाई भएको हो भन्ने बारेमा जानकारी नभएको हुँदा अब उनको खोजि गरी जतिसक्दो छिटो कार्यक्षेत्रमा आउन ताकेता गर्ने बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…