स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा निर्वाचन पूर्व अनुगमन

  ०७४ असोज १ गते

तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा असोज १ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा धनुषामा निर्वाचन पूर्व अनुगमन गरिएको छ ।

Photo20170917Dhanusha

अभियानकर्ताहरू इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम र इन्सेक प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेललगायतले धनुषाको मावि लालगढ मतदानस्थललगायतका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा निर्वाचन अधिकारी र सुरक्षा अधिकारीहरूसँग गरिएको छलफलका क्रममा निर्वाचनको तयारीका बारेमा अनुभव आदान प्रदान गरिएको थियो ।

Photo20170917Dhanusha1

अनुगमन गरिएको मतदानस्थल मावि लालगढमा १०९७ जना महिला र १०१७ जना पुरूष मतदाता रहेको जनाइएको छ । उक्त मतदानस्थलबाट ४८० जनाले परिचयपत्र लिन बाँकी रहेको निर्वाचनका लागि खटिएका कर्मचारीहरूले जनाएका छन् ।

'मतदानको तयारी राम्रो रहेको पाइयो । मतदाता उत्साहित छन् । गर्मीबाट जोगिन जोगाउन त्रिपाल टाँगिएको छ । यस्तो तयारी अन्यत्र पनि गर्नु जरूरी छ ।'-अध्यक्ष प्याकुरेलले भने ।


अनलाइन डेस्क