स्थानीय शुद्ध पिउने पानीबाट वञ्चित
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ माहाकाली र वडा नम्बर-४ विनायकका स्थानीयहरू शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् ।
यी वडाका गाउँहरूमा खानेपानीको चरम अभाव हुँदा स्थानीयले माहाकाली नदी र स्थानीय खोलाको दुषित पानी पिउनु पर्ने बाध्यता भएको हो ।
'स्वच्छ खानेपानीको अभावका कारण माहाकालीको धमिलो पानी पिउन बाध्य छौँ ।'-पञ्चेश्वर गाउँपालिका-४ विनायकका प्रदीप चन्दले भने-'त्यही पानी ल्याउनलाई पनि घण्टौँ हिड्नु पर्ने बाध्यता छ ।'
गाउँमा खानेपानीको अभाव भएको वर्षौँ बितिसक्दासमेत स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ ।
गाउँ नजिकका पिउने पानीका मुहान सुकेपछि विनायक र माहाकालीका स्थानीयले माहाकाली नदीको धमिलो पानी पिउने गरेको स्थानीय मोहन चन्दले बताए ।
उनले भने-'३५ लिटरको जारमा माहाकालीबाट पानी ल्याउन स्थानीय महिलाहरू झिसमिसेमै काली किनारमा जान्छन ।'
खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नु पर्ने अवस्था आएको स्थानीय सुना दमाइले दुखेसो पोखिन् ।
उनले भनिन्-'गाउँको धारामा दैनिक २० लिटर मात्रै पानी पाइने र त्यो पनि नियमित नआउने समस्याले यहाँका महिलाहरू समस्यामा छन् । हाम्रो पीडा कसले सुनिदिने ।'
महाकालीबमा पानी भर्न जाँदा आफूहरूलाई जोखिमसमेत रहेकोले समस्या समाधानका लागि पहल गरी दिन स्थानीय नन्दा सार्कीले अनुरोध गरिन् ।
पानीकै अभावका कारण यस क्षेत्रमा शौचालय प्रयोगको दरमा पनि कमी आएको पञ्चेश्वर-२ माहाकालिका स्थानीय दीपक चन्दले बताए ।
पञ्चेश्वर गाउँपालिका-२ र ४ मा मात्रै नभई यहाँका अधिकांश ठाउँहरूमा खानेपानीको अभाव रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
उनले भने-'हाम्रो गाउँपालिकाको प्रमुख समस्या भनेकै शुद्ध खानेपानी पाउनु हो । यसका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेका छौँ । नजिक मुहान नभएका कारण यहाँका स्थानीयको खानेपानी समस्या समाधान गर्न नसकिएको हो । अब प्रदेश र सङ्घीय सरकारलगायत विभिन्न दातृ निकायसँग माहाकालीकै पानी लिफ्टिङ गरेर भएपनि समस्या समाधान गर्न लागि रहेका छौँ ।'
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…