स्थानीय व्यक्तिहरुको कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते

  ०७७ वैशाख १० गते

जाजरकोटको जुनिचाँदे गाउँपालिका—२ का वडाध्यक्ष रामबहादुर नेपाली माथी स्थानीय जयबहादुर नाथको समुहले कुटपिट गरेको छ ।

प्रत्यक्षदर्शी कर्णबहादुर सिंहका अनुसार वडाध्यक्ष नेपालीको टाउकोमा घाउ र छातीमा समेत चोट लागेको छ । घाइते अध्यक्ष नेपालीलाई उपचारको लागि सुर्खेत लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

आक्रमण गर्ने जयबहादुर नाथ लगायत सात जनाको समुहलाई पञ्चलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार कुटपिटको कारण पत्ता लागेको छैन ।

वडा कार्यालयमा काम गरिरहेको अवस्थामा जयबहादुर नाथ, बिर्षबहादुर नाथ, महेन्द्र नाथ, सुरेन्द्र नाथ, धनबहादुर नाथ, नरबहादुर नाथ र रेशम नाथसहित आएको समुहले अध्यक्ष नेपालीलाई कार्यकक्षमै कुटपिट गरेको पत्यक्षदर्शीको भनाई छ ।                                                                                                                                   


    दिनेशकुमार श्रेष्ठ