स्थानीय तहमा कर्मचारीको अभाव, स्वास्थ्यचौकी इन्चार्जलाई वडा सचिवको कार्यभार !
भूमे, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका गरी तीन स्थानीय तह भएको रूकुम पूर्वका ३१ ओटा वडामा नौ जना मात्र वडा सचिव कार्यरत रहेका छन् ।
कर्मचारीको अभावका कारण यहाँका स्थानीयले दैनिक कामकाजमा बाधा खेपिरहेका छन् । भूमे गाउँपालिकामा नौ ओटा वडा रहेका छन् । जसमा चार जना सचिव मात्र कार्यरत छन् ।
त्यसैगरी सिस्ने गाउँपालिकामा आठ ओटा वडा रहेकामा पाँच जना सचिव कार्यरत रहेका छन् । त्यसैगरी पुथा उत्तरगङ्गा गाउँपालिकाकमा रहेका १४ ओटा वडामा एक जना पनि सचिव छैनन् ।
कर्मचारी समायोजन अघि एक जना वडा सचिव थिए । समायोजनपछि एक सचिवले पनि अन्यत्र ठाउँमा रोजेर गए ।
जिल्लाको सबैभन्दा पुथा उत्तरगङ्गा गाउँपालिकामा कर्मचारीको चरम समस्या रहेको छ । कूल ६१ जना दरबन्दी रहेको गाउँपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत र महिला तथा बालबालिका शाखाका एकजना कर्मचारी मात्र तोकिएको दरबन्दी अनुसार स्थायी कर्मचारी रहेका छन् ।
लेखापाल स्थायी भएपनि समायोजनमा सङ्घ रोजेकाले अहिले काजमै बसेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले जानकारी दिए ।
त्यसबाहेक गाउँपालिकामा हुनुपर्ने विभिन्न फाँट अनुसारका कर्मचारीहरू छैनन् । प्राविधिक फाँटमा एकजना इन्जिनियर सहित सात जना कर्मचारी करारमा लिएर काम गरिरहेको उनको भनाई छ ।
१४ ओटा वडा रहेको यस गाउँपालिकाको कुनैपनि वडामा सचिव नहुँदा स्वास्थ्यचौकीका इञ्चार्जहरूलाई सचिवको कार्यभार तोकिएको अध्यक्ष घर्तीले बताए ।
पाँच ओटा वडामा सहायक कर्मचारी र सबै वडामा कार्यालय सहयोगी भएपनि उनीहरूले पञ्जीकरणका कागजातमा हस्ताक्षर गर्न नमिल्ने भएकाले स्वास्थ्यका कर्मचारीलाई तोकिएको गाउँपालिकाले जनाएको छ ।
यस गाउँपालिकामा रहेका ६ ओटा स्वास्थ्य चौकी इञ्चार्जहरूलाई विभिन्न वडाको जिम्मेवारीमा राखी १४ ओटा वडामा सचिवको जिम्मेवारी तोकिएको हो ।
त्यसमा सबैभन्दा बढी मैकोट स्वास्थ्य चौकी इञ्चार्ज समिर गिरीले १ देखि ४ नम्बर वडाको सचिवको जिम्मेवारी सम्हालेका छन् ।
स्वास्थ्य चौकी इञ्चार्जको जिम्मेवारी हुँदा हुँदै चार ओटा वडामा सचिवको कार्यभार पनि सम्हाल्दा समस्या भएको मैकोट स्वास्थ्य चौकी इञ्चार्ज गिरीले सुनाए ।
‘कर्मचारीको अभावकै कारणले बाध्यताले चार ओटा वडामा सचिवको कार्यभार, स्वास्थ्य चौकीको इञ्चार्ज र अहिले फेरि गाउँपालिकाको स्वास्थ्य संयोजक समेत पनि बाध्यताले सम्हालेको छु ।’–उनले भने ।
आफ्नो वडामा सचिव नभएका कारणले समयमै व्यक्तिगत घटना दर्ता, विभिन्न सिफारिसलगायतका काम आफूले भनेको समयमा गर्न नपाएको र दुःख खेपिरहनु परेको भूमे गाउँपालिका‐४ काँडाका विकास बुढाले गुनासो गरे ।
जयमान बुढा मगर
संबंधित समाचारहरू
१६ दिनमा यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामाः इन्सेक
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका बेला यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् । इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा…
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्छन्ः अध्यक्ष शर्मा
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्ने भएकाले अधिकारकर्मीको बल निकै ठूलो हुने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९…
मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री थापा
मानव अधिकारको संरक्षण, सम्बर्द्धन र नागरिकको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४…
फोटो खिच्ने क्रममा प्रहरीले कुटपिट गरेको पीडित पत्रकारको आरोप
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १२ अमलाचौर स्थायी घर भइ काठमाडौँमा नागरिक दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । मङसिर २४ गते दशरथ…
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७ बजे इन्सेक प्रदेश २ कार्यालय जनकपुर, राष्ट्रिय मानव अधिकार आयोगको…