स्थानीयद्वारा गाउँपालिका अध्यक्षमाथि कुटपिट
सुर्नया गाउँपालिकामा लगाइएको ताला खोल्ने बिषयमा असोज २८ गते राति विबाद हुँदा स्थानीयहरुले गाउँपालिकाका अध्यक्ष ४३ वर्षीय बिरबहादुर विष्टमाथि आक्रमण गरी घाइते बनाएका छन् ।
गाउँपालिकामा लगाइएको ताला खोल्न खोज्दा झडप हुँन गएको र झडपमा परी गाउँपालिकाका अध्यक्ष, प्रहरी र स्थानीयहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष बिष्टसँगै घाइते हुँनेमा ईलाका प्रहरी कार्यालय, पाटनमा कार्यरत आसई ४५ वर्षीय टेकबहादुर खड्का, प्रहरी हवल्दार ३५ वर्षीय धनसिंह धामी, प्रहरी जवान २७ वर्षीय मुकेश चन्द,२८ वर्षीय राम बहादुर सुनार, सुर्नया गाउँपालका–४ का स्थानीय २१ वर्षीय भरत मडै, २२ वर्षीय जिवन मडै, २० वर्षीय दिपक चन्द, २३ वर्षीय बसन्त चन्द र २५ वर्षीय सुरेन्द्र चन्द रहेको डिएसपी अधिकारीले बताउनु भयो ।
झडपका क्रममा घाइते भएकाहरुको रौलेश्वर स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने टाउँकोमा गहिरो चोट लागेका गाउँपालिकाका अध्यक्ष विष्टको थप उपचारका लागि असोज २९ गते धनगढी पठाइएको छ ।
रौलेश्वरमा रहेको गाउँपालिकाको केन्द्रलाई तीन किलोमिटर टाँढा रहेको पबिता भन्ने ठाउँमा सार्ने निर्णय गाउँकार्यपालिले गरेपछि त्यसको विरोधमा स्थानीयहरुले असोज २५ गते गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
गाउँपालिका अध्यक्षमाथि नै कुटपिट भएको जनाकारी प्राप्त भएपछि सुरक्षा सतर्कता पनाउनका लागि इन्स्पेक्टर धनदेव साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भयो ।
स्थानीयहरुले जारी गरेको आन्दोलनका कारण असोज २८ गते आयोजना गरिएको गाउँ सभासमेत हुन सकेको छैन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…