स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ ।
स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले बालिका, उनकी ४५ वर्षीया आमा, आरोपित विनोद र विवाह गराउने कार्यमा संलग्न हनुमाननगर कङ्कालिनी नपा–१४ का ६७ वर्षीय रामेश्वर शर्मा सुतिहारलाई माघ ६ गते गिरफ्तार गरेको वडा अध्यक्ष सत्यनारायण यादवले जानकारी दिनु भयो ।
वडा अध्यक्ष यादवका अनुसार बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय लगेका हुन् ।
जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफल गरी आरोपितहरूलाई बालविवाह नगराउने सर्त गरी पठाइएको डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनु भयो ।
डिएसपी साहका अनुसार विवाहको लागि छलफल गरिरहेका बेला थाहा पाएर प्रहरी कार्यालय ल्याइएका उनीहरूलाई बालविवाहसम्बन्धी कानुनी जानकारी गराएर सम्झाइबुझाई उमेर नपुगी विवाह नगर्ने, नगराउने कागज गराएपछि छाडिएको हो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको भन्दै छिमेकीहरुले फागुन २० गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–२ तिलौरीका २४ वर्षीय रवि भनिने विर्जलाल थारू विरूद्ध फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले विवाहको …
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…