स्थानीयको आक्रमणबाट असईसहित तीन जना प्रहरी घाइते
त्रिबेणी नगरपालिका–४ तोलीका स्थानीयहरुले भदौ २२ गते राति गरेको आक्रमणबाट मौरे प्रहरी चौकीका असई रघुविर बडु, प्रहरी हवल्दार नारदसिंह विष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका छन् ।
भदौ २२ गते राति त्रिबेणी नगरपालिका–४ तोलीका नरेन्द्र साउदले मदिरा सेवन गरी स्थानीय बजारमा होहल्ला गरेको भन्दै प्रहरीलाई निवेदन दिएपछि आरोपितलाई गिरफ्तार गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन् ।
तोली स्वास्थ्य चौकीमा आरोपित साउदको मापसे जाँच गरी मौरे प्रहरी चौकी ल्याउने क्रममा स्थानीयहरुले ढुङ्गा प्रहार गर्दा मौरे प्रहरी चौकीका असई रघुविर बुडु, प्रहरी हवल्दार नारदसिंह विष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका जिल्ला प्रहरी कार्यालय, बाजुारका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
प्रहरी टोलीमाथि आक्रमण गरी घाइते बनाएको आरोपमा त्रिबेणी नगरपालिका–४ तोलीका २८ वर्षीय नरेन्द्र साउद, २५ वर्षीय केशब साउद र २९ वर्षीय गणेश साउदलाई भदौ २३ गते गिरफ्तार गरी अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय, बाजुरामा मुद्दा दर्ता गरिएको र फरार रहेका दिल साउद, दल साउद, राम साउद र प्रकाश साउदको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय बाजुराका इन्स्पेक्टर ठगुन्नाले बताउनु भयो ।
स्थानीयहरुको आक्रमणबाट घाइते भएका असई बडुको जिल्ला अस्पताल, बाजुरामा र प्रहरी हवल्दार विष्ट र प्रहरी जवान बोहोराको तोली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्रिवेणी नगरपालिकाले नगरपालिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भएपनि यस नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण बन्द भएको छैन् ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…