स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान कठिनाइ

  ०७६ साउन २६ गते

आलिताल गाउँपालिकामा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा लैजान कठिनाइ भएको छ । गाउँपालिका अन्तर्गतको आलिताल स्वास्थ्य चौकीमा स्ट्रेचर नहुँदा बिरामीहरूलाई स्वास्थ्य संस्था पुर्‍याउन समस्या हुने गरेको स्वास्थ्यचौकीका इञ्चार्ज धनबहादुर क्षेत्रीले बताए ।

‘स्वास्थ्य चौकीमा स्ट्रेचर छैन कुनै व्यक्ति बिरामी भयो भने २–३ घण्टा डोकोमा बोकेर आलिताल स्वास्थ्य चौकीमा पुर्‍याउनु पर्ने बाध्यता छ ।’–इञ्चार्ज क्षेत्रीले भने ।

रातको समयमा कुनै व्यक्ति बिरामी भएमा स्ट्रेचर नहुँदा डोकोमा बोकेर स्वास्थ्य संस्थामा लैजानुपर्ने बाध्यता रहेको स्थानीय रमेश डाला मगरले बताए ।

स्ट्रेचरका लागी गाउँपालिकालाई समय समयमा जानकारी गराएको भएपनी अहिलेसम्म उपलब्ध नभएको स्वास्थ्य चौकी इञ्चार्ज क्षेत्रीले बताए ।

स्ट्रेचर नहुँदा बिरामी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या हुने गरेको उनले बताए ।

‘स्वास्थ्य संस्थामा पुग्नका लागी दुई तीन घण्टा हिँड्नु पर्छ । त्यसैमा बिरामीलाई डोकोमा बोक्नुपर्ने बाध्यता रहेको छ ।’–स्थानीय कर्णबहादुर थापाले भने ।

गाउँपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूका लागी स्ट्रेचर किन्न प्रक्रिया अगाडि बढाइसकेको र केही दिन भित्रै स्वास्थ्य संस्थाहरूमा स्ट्रेचर वितरण गरीने आलिताल गाउँपालिकाका कार्यकारी अधिकृत हर्ष रोक्काले बताए ।


भुपेन्द्र बिष्ट