सौतेनी आमा र बुबाको हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ५ गते

शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरका ५२ वर्षीय बुबा जयलाल भण्डारी र २८ वर्षीया सौतेनी आमा धाना भण्डारीको फागुन १४ गते हत्या गरेको आरोपमा २६ वर्षीय भरत भण्डारीलाई डडेल्धुराको अमरगढी नगरपालिका – २ जुगेनाबाट प्रहरीले चैत २ गते गिरफ्तार गरेको छ ।

सौतेनी आमा धानासँग विवाद भएपछि भरतले बुबा जयलाल भण्डारी र सौतेनी आमालाई फागुन १४ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेको प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी रबिन्द्र पौडेलले हत्यामा सङ्लग्न भण्डारी फागुन १४ गते लाइसेन्सको परिक्षा दिन महेन्द्रनगर पुगेका बेला सौतेनी आमासँग वादविवाद भएपछि धारिलो हतियार प्रयोग गरी सुरूमा सौतेनी आमाकै हत्या गरेको र त्यसपछि बुबाको हत्या गरेर सोही राती डडेल्धुरा गएको प्रहरी अनुसन्धानबाट खुलेको बताउनु भयो ।

भरतको सौतेनी आमासँग अशंवण्डाको विषयमा लामो समयदेखि विवाद हुँदै आएकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी पौडेलको भनाइ छ ।

आरोपित भरतलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पौडेलले बताउनु भयो ।

मृतक दम्पतीको महाकाली अस्पतालमा फागुन १६ गते पोष्टमार्टम गरिएको प्रहरीले जनायो ।

 


कोमलनिरन्जन भाट