सोरू गाउँपालिकामा खाद्यान्न अभाव
सोरू गाँउपालिकामा खाद्यान्न ढुवानी गर्न जिम्मा लिएको ठेकदारले ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ ।
सोरू गाँउपालिका-११ वडाका स्थानीयबासिहरूलाई सहुलिएतमा बिक्रि गरिने सोरूकोट खाद्य डिपो र कालै बिक्रि केन्द्रका लागि खाद्यान्न ढुवानीको जिम्मा लिएको ठेकेदारले ढुवानी नगर्दा खाद्यान्न अभाव भएको हो ।
खाद्यान्न ढुवानी नहुँदा कर्मचारी समेत सदरमुकाममा छन । सर्वसाधारणले महङ्गो तिरेर बजारको खाद्यान्न उपभोग गर्न बाध्यछन । खाद्य संस्थाको भन्दा बजारको खाद्यान्न २ सय देखि ३ सय रूपियाँ बढी मुल्य तिरेर किन्नु परेको सोरु गाउँपालिका-८ कि लालकला रावलले दुःखेसो गर्नुभयो ।
उहाँका अनुसार खाद्य डिपोमा ३० किलोको बोरालाई १ हजार ५ सय पर्ने चामललाई बजारमा १ हजार ८ सय मुल्य पर्ने गरेको छ ।
यस सम्बन्धमा सोरू गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले ठेकेदारको कारण खाद्यान्न सम्बन्धित डिपो र बिक्रि केन्द्रमा नपुगेकोले तत्काल ढुवानी गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुलाई पत्राचार गरेकोे इन्सेकलाई बताउनु भयो ।
चालु आर्थिक वर्षमा नेपाल खाद्य संस्थानले सोरूकोट डिपोका लागि सुर्खेतबाट १ हजार खाद्य व्यवस्था मुगुबाट १ हजार र कालै बिक्रि केन्द्रका लागि ४ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न जिम्मा लिएको शर्मा ढुवानी सेवाले ढुवानी नगर्दा अभाव भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुका सुचना अधिकारी पुस्कर भामले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
अन्य गाउँपालिकामा ढुवानी भइरहेको तर सोरूमा ढिलासुस्ती गर्ने ठेकेदार पक्षलाई तत्काल ढुवानी गर्न ताकेता गरिरहेको भामको भनाई छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…