सेवा सुविधा माग गर्दा कामबाट निकालिएको पीडितको गुनासो
नेपालको संविधान ०७२ को धारा ३४ मा श्रमको हकको व्यवस्था छ । सो धाराको उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने छ भनि उल्लेख गरिएको छ ।
तर, सुनसरी दुहवी नगरपालिका–२ का ४८ वर्षीय खुशियानन्द ढुङ्गेलले पाउनुपर्ने तलब र सेवा सुविधा माग्दा कामबाट निष्काशन हुनु परेको गुनासो गर्नु भएको छ ।
पुस २८ गते विराटनगरमा पत्रकार सम्मेलन गरी ढुङ्गेलले सुनसरीको दुहबी नगरपालिका–२ शुभद्रा चौकस्थित मैनावती स्टिल प्रालिबाट पुस २७ गते आफूलाई उद्योगले कामबाट निकालेको पीडितले आरोप लगाउनु भएको छ ।
एक दशकदेखि सुपरभाईजर पदमा काम गर्दै आएको र उद्योगले तलब तथा सेवासुविधा नदिई अवकाश दिएको पीडितको आरोप छ ।
काम सुरू गरेदेखि ०७५ पुससम्मको सञ्चयकोष, उपदान, ग्रेड, बोनश र तलब गरी ११ लाख ६५ हजार ४ सय ८१ रूपियाँ कम्पनीबाट पाउनुपर्ने उहाँले भनाइ छ ।
काम गर्दै आएको उद्योगले कामबाट निकालेपछि ढुङ्गेलले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा तलब र सेवासुविधा दिलाई दिन निवेदन दिनु भएको छ ।
श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिृकत प्रेमप्रसाद सञ्जेलले ढुङ्गेललाई १० लाख ९७ हजार ४ सय ८१ रूपियाँ उद्योगबाट भराउन गत मङ्सिर ५ गते उद्योगलाई पत्र काटेपनि उद्योगले सो पत्रको कार्यान्यन नगरेको पीडितको आरोप छ ।
नेत्र पी अधिकारी
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…