सूचनादाताको सुरक्षामा संवेदनशील हुन प्रहरी प्रशासनलाई सुझाव
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक मुरारी खरेलले अपराधिक घटना वा सामाजिक विकृति रोक्न प्रहरीलाई सूचना दिने सूचनादाताको सुरक्षामा संवेदनशील हुन सुझाव दिएका छन् ।
बालविवाह रोकथाम अभियानमा नागरिक समाज तथा अभियानकर्ताले प्रहरीलाई दिएको सूचना बाहिरिँदा अभियानकर्ता असुरक्षित भएको प्रसङ्ग उल्लेख गर्दै खरेलले यसप्रति राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको बताए ।
स्थानीय मानव अधिकारकर्मीसँगको अन्तरक्रियामा उठेका समस्या सुल्झाउन कात्तिक ११ गते दैलेखमा सुरक्षा अधिकारीहरूसँग गरिएको छलफलमा क्षेत्रीय निर्देशक खरेलले सूचना दिनेको सुरक्षा सहज भएमा अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा प्रहरी प्रशासनलाई नै सहज हुने बताए ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले दैलेखको नारायण नपा-१ रातामाटेको दलितबस्तीमा बनेको खानेपानी योजनाको मुहानको अवरोध हटाउन, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउन र उनीहरूलाई यातायात र अस्पतालमा पाउनु पर्ने सहुलियत उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लामा महिला हिंसा, बहुविवाह र अत्याधिक मदिरा सेवन प्रचलन प्रमुख समस्या रहेको बताए । स्थानीय विकास अधिकारी हरि प्याकुरेलले विकास गतिविधिलाई मानव अधिकारमैत्री बनाउने प्रयत्न भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवनेश्वरप्रसाद साहले प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा प्रभावकारी बनाउन नागरिक समाजको सहयोग उल्लेख्य भएको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगको सुझावलाई मनन् गर्दै अधिकारकर्मीको सुरक्षा र सहकार्य अभिवृद्धिमा प्रहरीले ध्यान दिने प्रतिबद्धता जनाए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…