सुस्त श्रवण भएकाहरूलाई छुट्टै परीक्षा

  ०७६ फागुन २४ गते

जिल्लामा माध्यामिक शिक्षा परीक्षा ९एसईई० मा आठ जना सुस्त श्रवण भएका परीक्षार्थीले सहभागिता जनाउने भएका छन । नवज्योति बहिरा स्कुल जसेदमारका बहिरा विद्यार्थीहरू चारजना छात्रा र चारजना छात्रले एसईईमा सहभागिता जनाउने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीका प्रमुख नेत्रप्रसाद गजुरेलले ती विद्यार्थीका लागि छुट्टै परीक्षा दिने व्यवस्था मिलाईएको बताउनु भयो । गजुरेलका अनुसार उनीहरूलाई सिद्धस्थली मावि परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था गरिएको छ । यस्तै सिन्धुलीमा खुला विद्यालयबाट परीक्षामा सहभागिता जनाउने एक छात्रलाई बाल सुधार गृह भक्तपुरबाट परीक्षा दिने व्यवस्था मिलाईएको छ ।

लागु औषधको कसुरमा बालसुधार गृहमा रहेको छात्रालाई शिक्षा विकास तथा समन्वय एकाईले कमला खुला विद्यालयबाट परीक्षा लिने सिफारिस गरेके गजुरेलले बताउनु भयो ।

चैत ६ गतेबाट सुरु हुने परिक्षामा १ सय ४१ विद्यालयका ५ हजार ८ सय १३ विद्यार्थी सहभागि हुने शिक्षा समन्वय एकार्ई सिन्धुलीले जनाएको छ । सिन्धुलीमा एईई परिक्षाको तयारी तिव्र रुपमा भैरहेको गजुरेलले बताउनु भयो । जिल्लामा २६ ओटा केन्द्रमा परिक्षा सञ्चालन हुनेछ । परिक्षामा १ सय १६ सामुदायिक विद्यालय, २३ संस्थागत विद्यालयका छात्रछात्राले परीक्षामा सहभागिता जनाउने छन् । पाँच प्राविधिक र एक अपाङ्गता (बहिरा) विद्यालयका छात्रछात्राले सहभागिता हुने छन् । यस्तै खुल्ला विद्यालयबाट ३२ जनाले एसईईमा सहभागिता जनाउने छन् । जिल्लाबाट २३ ओटा संस्थागत विद्यालयबाट ५ सय १९ विद्यार्थी एसईईमा सहभागि हुनेछन् भने पाँच ओटा प्राविधिक विद्यालयका १ सय ८५ जना विद्यार्थी परीक्षामा सामेल हुनेछन् ।


बिमला पाण्डे