सुरक्षाकर्मीलाई कुटपिट गर्ने आरोपित गिरफ्तार

  ०७७ जेठ ८ गते

पाँचपोखरी थाम्पाल गाउँपालिका–४ स्थित मानेखर्क प्रहरी चौकीका इन्चार्ज असई बिगबहादुर तामाङलाई कुटपिट गरि घाइते बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय आकाश तामाङलाई ०७७ जेठ ७ गते घरबाटै प्रहरीले गिरफ्तार गरेको छ ।
चौकी अगाडि सुरक्षार्थ बसेका प्रहरीले लकडाउनको समयमा बिनापास किन मोटर साइकल चलाएको भनि सम्झाई बुझाई गर्दा जेठ ७ गते तामाङले वडा अध्यक्षको छोरा हुँ जे पनि हुन सक्छ भन्दै धम्की दिई ढुङ्गा प्रहार गर्दा असई तामाङ घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले घाइते असईको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय मेलम्चीले सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान भइहेको इलका प्रहरी कार्यालयका इन्स्पेक्टर फलबहादुर तामाङले बताउनु भयो ।
आरोपित सोही गाउँपालिका–४ का वडा अध्यक्षका छोरा भएको इन्स्पेक्टर तामाङले बताउनु भयो ।


नातिबावु धिताल