सुदूरपश्चिमका पहाडी जिल्लामा पोष्टमार्टमका लागि मृतकका आफन्तहरू पीडामा

  ०७६ असोज २८ गते

सुदूरपश्चिम प्रदेशका पाहाडी जिल्ला बैतडी, डडेल्धुरालगायतका जिल्लामा रहेका स्वस्थ्य संस्थामा  डाक्टर नभएका करण शवको पोष्टमार्टमका लागि मृतकका आफन्तहरूले पीडामा थप पीडा खेप्न बाध्य भएका छन् ।

गएको भदौमा चितुवाले आधा शरीर खाएको अवस्थामा जङ्गलमा फेला परेको सात वर्षीय छोरा सुदिपको शवको पोष्टमार्टम गाउँमै रहेको केशपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हुन नसकेपछि छोराको शव त्रिपालमा पोको पारेर तीन दिनको यात्रा गर्दै सदरमुकाम पुर्‍याउन रामसिंह मडै विवश भए ।

छोरालाई चितुवाले खाएको भन्दा कम थिएन पोको पारेको शव ट्याक्टरको पछाडि बसेर सदरमुकाम पु¥याउनुको पीडा मडैका लागि ।

बैतडीमात्रै होइन डडेल्धुराको समस्यापनि उस्तै छ । असोज २४ गते जिल्ला प्रहरी कार्यालयका डिएसपी दिल्लीनारायण पाण्डेयलाई डडेल्धुराबाट फोन आयो ।

फोनमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुखले बैतडीका डक्टरलाई शव पोष्टमार्टमका लागि डडेल्धुरा पठाइ दिन अनुरोध गरे ।

तर, जिल्लामा एक जना मात्रै डक्टर भएकाले त्यो सम्भव नभएपछि शव नै डडेल्धुराबाट बैतडी ल्याउनु पर्ने बाध्यता बन्यो ।

यस्तो पीडामा बैतडी डडेल्धुरामा मात्रै होईन् सुदूरपश्चिमका पहाडी जिल्लाका हरेक नागरिकहरूले झेल्नु परेको अवस्था ।

बैतडी जिल्लाको दुर्गमका स्थानीय तहबाट पोष्टमार्टम गर्न कम्तिमा पनि दुई दिन लगाएर जिल्ला सदुरमुकाम आउनु पर्ने बाध्यता छ ।

जिल्ला अस्पातल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र डाक्टर बस्ने हुँदा पोष्टमार्टमका लागि सदरमुकाम नै आउनु पर्ने बाध्यता बनेको हो ।

एकातिर आफन्त गुमाउनुको पीडा हुन्छ भने अर्कोतिर पोष्टमार्टम गर्न सदरमुकाम जानको लागि पैसाको जोहो गर्नुपर्ने पीडा, पीडितलाई समस्या माथि समस्या हुने गरेको पञ्चेश्वर गाउँपालिका–२ का स्थानीय रमेश चन्दले बताए ।

“पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर भए यति दुख हुने थिएन ।”–उनले भने ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरको दरबन्दी भए पनि त्याहाँ डाक्टर बस्दैनन् । केशरपुर स्वास्थ्य केन्द्र अहिलेसम्म हेल्थ असिस्टेन्टको भरमा सञ्चालनमा रहेको छ ।

मेलौलीमा डाक्टर नभएकाले जिल्ला अस्पातल वा पाटन ल्याउनु पर्ने जिल्ला अस्पताल बैतडीका डाक्टर जगदीशचन्द्र विष्टले बताए ।

यसै गरी पुर्चौडी क्षेत्रको पनि यस्तै समस्या छ । पुर्चौडीबाट पोष्टमार्टम गर्न नजिक डडेल्धुरा पर्दछ । बाध्यता यस्तो छ की दुई दिन लगाएर भए पनि सदरमुकाम वा पाटन आउनु पर्छ ।

जिल्लाको अति दुर्गम सिगास गाउँपालिकाको त समस्या झनै विकराल रहेको स्थानीय सुरेन्द्र साउदले बताए । बैतडीमा जम्मा दुई ठाउँमा मात्रै शवघरको व्यवस्था छ ।


नरी बडु