सुत्केरी आमासँगै एक महिने शिशु प्रहरी हिरासतमा, चिसोसँगै कोभिड सङक्रमणको जोखिम
सुत्केरी आमासँगै एक महिने शिशु प्रहरी हिरासतमा रहेका छन् । बच्चा र आमा दुबैलाई चिसासँगै काभिड सङ्क्रमणको जोखिम रहेको छ ।
धुर्कोट गाउँपालिका– ७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल ३३ बर्षीय मनिराम घिमिरेलाई बहु विवाहको आरोपमा प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरेको हो ।
दिउँसोमा सामान्य कार्पेटमा जिल्ला प्रहरी कार्यालय गुल्मीको प्राङगणमा बस्नु हुन्छ । राम्रो स्याहार–सुसार, पोषिलो खानपान र तातोमा आराम गरेर बस्ने बेलामा शिशुसँगै हिरासतमा बस्नु परेको छ । आमाको पनि अझै रक्तश्राव रोकिएको छैन । त्यसमाथि आमा र बच्चाले चिसो र सङक्रमणको चिन्ता खेप्नु परेको रिमिताले गुनासो गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रबिणलाल श्रेष्ठले जेठी पत्नीको उजुरीको आधारमा बुटवलबाट गिरफ्तार गरिएको बताउनु भयो ।सुत्केरी अवस्थामा आमा र बच्चालाई गाह्रो भएपनि कानुनी प्रक्रियामा जानु पर्ने भएकाले समस्या भएको बताउनु भयो । उहाँलाई छिटो भन्दा छिटो अदालत पेश गर्ने योजनामा रहेको श्रेष्ठको भनाई छ ।
प्रहरी कार्यालय पुगेका पत्रकार तथा अधिकारकर्मीहरूले कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरीसँग आग्रह गरेका थिए । ‘कानुन अनुसार कारबाही गरेपनि सुत्केरी र कोभिड सङक्रमणलाई प्रहरीले ख्याल गरेन,’पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जर्नादन घिमिरेले भन्नुभयोे,‘यो बेला आमा र बच्चा दुबैलाई कोरोनासँगै अन्य रोगको जोखिम छ ।’ घरपरिवारले सुत्केरीलाई कसैको जिम्मेवारीमा राखेर स्याहार–सुसार गर्न पाउनुपर्ने माग राखेका छन् ।
उनीहरुले बजारमै पनि प्रहरीकै निरानीमा आफुहरुले छुट्टै हेरबिचार गर्न पाए चिसो र सङ्क्रमणबाट आमा छोरालाई बचाउन सकिन्थ्यो कि भनेर प्रहरीलाई अनुरोध गरेपनि कुनै सुनुवाई नभएको जेठाजु यमलाल घिमिरेले गुनासो गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले यो प्रशासन मार्फत नभएर अदालतबाट मुद्दा अगाडि बढ्ने भएकाले प्रहरीलाई आमा र बच्चाको बिशेष ख्याल गर्न आग्रह गरेको बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–२ च्यादुकका ४५ वर्षीय छवाङ् छिमेल लामालाई माघ ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई पुस २९ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आफूलाई घर पछाडि खेतमा बोलाएर…
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…