सुत्केरीलाई दूधदही नदिने गरेको आरोप !
डडेल्धुरा जिल्ला सदरमुकामका महिलाहरूले सुत्केरी भएका बेला गाईभैँसीको दूध नदिने गरेको आरोप लगाएका छन् ।
सुत्केरी महिलालाई आफ्नै घरमा पालेको गाईभैँसीको दूध दिँदा गाईभैँसी बिग्रने रूढीवादी परम्परा अहिले पनि यहाँको समाजमा विद्यमान रहेको छ ।
सुत्केरी महिलाका लागि अत्यावश्यक पोषणयुक्त खानेकुरा दूधदही आफूले नपाएको अमरगढी नपा–१ मालुमकी मनिशा रोक्काले बताए ।
‘गाउँतिर त धेरै छ । अमरगढी नगरपालिका भित्र समेत सुत्केरीलाई आफ्नै घरमा पालेको गाइभैँसीको दूध दिइँदैन ।’–उनले भनिन्–‘बरू दूध बजारमा लगेर बेच्छन् । तर, गाईभैँसी बिग्रन्छ भनेर सुत्केरीलाई खुवाउँदैनन् ।’
सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ भन्दै गाउँगाउँमा सचेतना अभियानहरू चलाइएपनि प्रभावकारी हुन सकेको छैन ।
स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाहरू र उनका आफन्तलाई सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खुवाउनु भनेर सम्झाई बुझाई गरेर पठाउँदा समेत घरमा गएर उनीहरूलाई दूधदही जस्ता पोषणयुक्त खानेकुरा नदिने गरेको भुमिराज स्वास्थ्य चौकीमा कार्यरत अनमी शान्ति भट्टले बताइन् ।
जिल्ला सदरमुकामभित्र नै सुत्केरीलाई घरको तल्लो तलामा रहेको गोठमा राखिन्छ, कतिपय ठाँउमा त गाईभैँसीको गोठमा समेत राखिने गरिएको छ ।
घरको माथिल्लो तलामा राखे देउता रिसाउँछन् भन्ने परम्परा रहिआएकाले सुत्केरी महिलाहरूलाई समस्या हुने गरेको अनमी भट्टले बताइन् ।
सुत्केरी महिलालाई पोषणयुक्त खानेकुराबाट वञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरूले बताए ।
महिला सुत्केरी हुँदा झन् बढी मात्रामा पोषिलो खानेकुरा आवश्यक पर्ने उनको भनाई छ । सुत्केरी अवस्थामा पोषिला खानेकुराको अभाव हुँदा अमरगढी नगरपालीकाभित्र रहेका ५ वर्ष मुनिका २ हजार ४ जना बालबालिका मध्ये २६ जनामा कडा शीघ्र कुपोषण र २ सय ३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको नगर स्वास्थ्य शाखाका प्रमुख पनेरूले बताए ।
भुपेन्द्र विष्ट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…