सिफारिस माग गर्दा कुटपिट गरेको घटनाका आरोपित विरुद्ध उजुरी
पचरौता नपा–५ करेमवा टोलका ५० वर्षीय अवधकिशोर यादवलाई सोही वडा कार्यालयमा चैत १२ गते गरिवी निवारण कार्यक्रमको सिफारीस माग गर्दा वडा अध्यक्ष लक्ष्मीप्रसाद यादवको आदेशमा पाँच जनाको समूहले कुटपिट गरेको भन्दै पीडित परिवारले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
वडा अध्यक्ष सहित ६ जना विरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको पीडित परिवारका २८ वर्षीय पानालाल यादवले बताउनु भयो ।
शान्ति सुरक्षा र कुटपिट घटनाका आरोपितहरूलाई कारवाहीको लागि पहल गरिदिन माग गर्दै इन्सेक बारा प्रतिनिधिलाई पीडित पक्षले निवेदन दिएको छ ।
जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रसँग सम्पर्क गरी उजुरी दर्ता गर्न र घाउ जाँच गरी पीडित परिवारको शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले कलैया अस्पतालबाट घाउ चेक जाँच गराई घटनाको थप जानकारीका लागि प्रहरी चौकी बेल्दारीमा पत्र पठाएको जनाएको छ ।
प्रहरी चौकी बेल्दारीका असई रामबिनेश महतोले दुवै पक्षलाई प्रहरी चौकी बेल्दारीमा चैत १८ गते बिहान छलफल गर्न बोलाइएकाले इन्सेक बारा प्रतिनिधिलाई सहभागी भई सहजिकरण गर्न अनुरोध गर्नु भएको छ ।
सोही ठाउँका ३८ वर्षीय प्रमोद प्रसाद यादव, ४० वर्षीय सुखारी प्रसाद, ५० वर्षीय जयनाथ प्रसाद यादव, १६ वर्षीय प्रदिप कुमार यादव र १८ वर्षीय बिकेश यादवले रड तथा इट्टा प्रहार गरेर आक्रमण गरेकाले टाउकोमा टाँका लगाउन नमिल्ने गरी चोट लागेको छ भने दुवै हात र ढाडमा रडले चोट लागेको छ ।
पीडितको उपचार चैत १२ गतेबाट कलैया अस्पतालमा भइरहेको छ । कलैया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज बीरगंजमा उपचार भइरहेको छ ।
वडा अध्यक्षले सिफरिस नदिएकाले गरिवी निवारणको रकम निकासा नभएको समस्याका विषयमा सोही टोलका ५५ वर्षीय चन्देश्वर प्रसाद यादव, ७५ वर्षीय महेन्द्र प्रसाद यादव र ५० वर्षीय अवधकिशोर आपसमा सल्लाह गरी बसेको अवस्थामा आक्रमण भएको जनाइएको छ । पचरौता नपा–५ का वडा अध्यक्ष यादवले आफूले कुटपिट गर्न नलगाएको बताउनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…