बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस

  ०७३ मङ्सिर ५ गते

जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको भारी सहित मार्तडी पुगेका हुन् । गुयाल बडिमालिका नगरपालिका स्थित सत्यवादी मावि भौनेरामा कक्षा-४ मा अध्यान गरिरहेको बताए ।

अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा विद्यालयमा पढाइ नहुने थाहा पाएपछि सुन्तला विक्रीका लागि मार्तडी आएको उनले बताए । त्यहाँ उनी मात्र थिएनन्, साथमा अन्य बालबालिका पनि सुन्तला विक्री गर्दै थिए । ती सबै १० देखि १४ वर्ष उमेर समूहका बालबालिका हुन् । बालअधिकार दिवसको अवसरमा बाजुराका आठ ठाउँमा सानाठूला कार्यक्रम सम्पन्न भएका छन् ।


पदम सिंह