सासू हत्याको कसुर ठहर गर्दै २० वर्षकैदको फैसला

  ०७६ असार ५ गते

घोराही उपमनपा-८ की ५६ वर्षीया दिलकुमारी बुढाको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले असार ४ गते ३२ वर्षीया बुहारी लालसरी बुढालाई २० वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले २० वर्षकैद गर्ने फैसला गरेको हो । न्यायाधीश पंज्ञानीले तोकिएको कैद घटाएर १० वर्षबनाउन साधक जाहेर गरेको स्रेस्तेदार धनीप्रसाद चपाईले बताए ।

आरोपितले ०७५ असार ६ गते सासू दिलकुमारीको घरमै हत्या गरेको भन्दै पीडित पक्षले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई गिरफ्तार गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो । शवको पोष्टमार्टम असार ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो ।


जे.एन.सागर