सामूहिक हत्या घटनाका आरोपित गिरफ्तार
गर्भवती महिलासहित दुई जनाको हत्या गरेको आरोपमा मिक्वाखोला गाँउपालिका–४ साँवाका २७ वर्षीय चतुरमान साँवा लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ ।
फुङलिङ नगरपालिका–४ कोप्चेमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी २८ वर्षीया गर्भवती महिला शान्ता राई र उनका ३५ वर्षीय पति दिलकुमार राईको ०६५ वैशाख ५ गते हत्या गरी फरार रहेका आरोपितलाई प्रहरीले फागुन ७ गते गिरफ्तार गरेको हो ।
घटनापछि विभिन्न ठाउँमा लुकेर बस्दै आएका आरोपितलाई कास्की प्रहरीको सहयोगमा फागुन ५ गते पोखराबाट गिरफ्तार गरी जिल्ला ल्याईएको डिएसपी सञ्जयसिंह थापाले बताए ।
हत्या गरिएका दम्पती झापाको गौरीगञ्ज गाँउपालिकाका स्थायी बासिन्दा हुन् । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०६५ वैशाख ६ गते गरिएको थियो ।
देवराज गुरूङ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…
कार्यालयमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका सहायक कम्प्युटर अपरेटर कञ्चनरुप नपा–२ निवासी ३१ वर्षीय मनोजकुमार साहलाई माघ ९ गते कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखापढी व्यावसायी राजगढ गाउँपालिका–३ नर्घोका ५०…