सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ साउन २९ गते

२७ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा कचनापुर गाविस-५ का १८ वर्षीय तिर्थमान थारु र १६ वर्षीय दुई जना बालक गरी तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले साउन २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई साउन २७ गते आरोपितहरूले सामूहिक बलात्कार गरेको भन्दै पीडित महिलाले साउन २८ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थील जानकारी दिए ।


विनोद पाण्डे