सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७४ जेठ ५ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते डाक्नेश्वरी नपा-१ कविलासाका २८ वर्षीय भोगेन्द्र साह र २३ वर्षीय जनकुमार साहविरुद्ध उजुरी दर्ता गरेको छ ।

 

पीडितका अभिभावकले जेठ २ गते दिएको उजुरीका आधारमा उक्त उजुरी दर्ता गरी आरोपितहरूको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले जानकारी दिए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जेठ २ गते भएको प्रहरीले जनायो ।

 

पीडित बालिकालाई आरोपितद्वयले वैशाख २८ गते राति बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनापछि फरार रहेका आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।


मनोहरकुमार पोखरेल