सामूहिक बलात्कार घटनाका दुई जना आरोपित गिरफ्तार

  ०७७ जेठ ९ गते

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा –१८ का १९ वर्षीय बिकास बिकलाई जेठ ९ गते गते गिरफ्तार गरेको छ ।

पीडितलाई जेठ ६ गते आरोपितहरूले  काम छ भनेर बोलाएर  तुलसीपुर उपमनपा –१८ का १८ वर्षीय  पारस खड्का, ठाउँका २१ वर्षीय आशिष परियार, २७ वर्षीय विनोद घर्ती , २० वर्षीय सन्तोष बिक र  बिकास बिकले बलात्कार गरेको भन्दै  पीडित पक्षले इलाका प्रहरी कार्यलयमा जेठ ८ गते उजुरी दिएका थिए ।

उजुरी पश्चात जेठ ८ गते प्रहरीले पारसलाई गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्बर पालले अन्य आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

 


जयनारायण पुन