सामूहिक बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

  ०७७ वैशाख १९ गते

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–११ का २४ वर्षीय त्रिलोचन चौधरी र २२ वर्षीय अमित चौधरीलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।

वैशाख १४ गते आरोपितद्वयसहित नौ जनाको समूहले बलात्कार गरेको आरोपमा पीडितले वैशाख १८ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य सात जनाको खोजी भईरहेको प्रहरीको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सामुदायिक अस्पताल इटहरीमा वैशाख १८ गते गरिएको छ ।


जयकृष्ण यादव