सामुहिक बलात्कार घटनाका आरोेपित गिरफ्तार

  ०७६ फागुन १४ गते

११ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ३२ वर्षीय किसुन दासलाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनामा संलग्न अर्का आरोपित क्षिरेश्वरनाथ नगरपालिका पर्सा टोल बस्ने २२ वर्षीय अनिल ठाकुर फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

फागुन १० गते बालिका घाँस काट्न खेतमा गएको बेला आरोपितद्वयले सामूहिक बलात्कार गरेको आरोप छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी फागुन १२ गते दर्ता भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाकोे प्रादेशिक अस्पताल जनकपुरधाममा फागुन ११ गते स्वास्थ्य परीक्षण गरिएको छ ।


दिपेन्द्रप्रसाद सिंह