सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ५ गते

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरी जिल्ला औरही नपा–७ बस्ने २५ वर्षीय नरेश महतो र भारत बिहार राज्यको मधुवनी जिल्ला कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंहलाई फागुन ५ गते बिहान गिरफ्तार गरेको छ ।
महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १०ः०० बजे सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाउँबाट आरोपितहरुलाई फागुन ५ गते विहान गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अशोक झाले बताउनु भएको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा फागुन ५ गते उजुरी दिनु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर झाले बताउनु भएको छ ।
पीडितको फागुन ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण भएको इन्स्पेक्टर झाले जानकारी दिनु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह