सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज १३ गते

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित सल्यान बागचौर नपा-१ का २८ वर्षीय उपेन्द्र भण्डारी र सोही ठाउँका २६ वर्षीय कमलराज खत्रीलाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले असोज १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय रुकुममा असोज ११ गते उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको उजुरीका आधारमा प्रहरीले आरोपित खत्रीलाई सल्यानको कपुरकोट र आरोपित भण्डारीलाई रुकुमको रुघा गाविसबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका इन्स्पेक्टर थमन रामजालीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्लेमा असोज १२ गते गरिएको प्रहरीले जनाएको छ ।


आदर्श केसी