सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ १५ गते

२० वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा कम्दी गाविस-९ का २६ वर्षीय कुशल राना र १९ वर्षीय मनिराम कुमाईलाई भदौ १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई कोहलपुर नपा-७ स्थित जङ्गलमा भदौ ७ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए ।

पीडितको उपचार कोहलपुर शिक्षण अस्पतालमा गरिएको र स्वास्थ्य परीक्षण भेरी अञ्चल अस्पतालमा भदौ ८ गते भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश अवस्थीले बताए ।


विनोद पाण्डे