सामूहिक बलात्कार गरेको कसुरमा १२ वर्ष कैद फैसला

  ०७६ असार २२ गते

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरूप्रसाद पुनलाई जनही १२/१२ वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीस हेमन्त रावलको इजलासले असार २२ गते दुवैजनालाई दोषी ठहर गर्दै १२/१२ वर्ष कैद र पीडितलाई दुवैजनाबाट ५०/५० हजार क्षतिपुर्ति भराउने फैसला गरेको हो ।

पीडित बालिकालाई आरोपितद्वयले ०७१ असार २३ गते बलात्कार गरी सोही दिनदेखि फरार रहेका थिए । पीडित पक्षले ०७१ असार २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । फरार थापा र पुनलाई प्रहरीले ०७५ पुस १८ गते गिरफ्तार गरी मुद्दा चलाएकोमा जिल्ला अदालतले दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको हो ।


जे.एन.सागर