सामाजिक सञ्जालमार्फत हिंसा गरेको आरोपमा उजुरी

  ०७४ वैशाख २८ गते

भोजपुर नपा-९ स्थित दावाँका १९ वर्षीया एक किशोरीले सोही ठेगाना भएका २४ वर्षीय गणेश खड्काविरूद्ध सामाजिक सञ्जालमार्फत अपशब्द बोलेर महिला हिंसा गरेको भन्दै ०७४ वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील शब्द र तस्वीरहरू म्यासेज गरेर पटकपटक मानसिक हिंसा गरेको भन्दै पीडितले कारवाहीको माग गर्दै उजुरी दिएकी हुन् । महिलाको नामबाट फेसबुक पेज बनाई सोहीमार्फत अश्लील फोटोहरू सेयर गर्ने गरेको पीडित युवतीले बताइन् ।

पीडितको उजुरीपछि आरोपित खड्काको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यले बताए ।


किरण राई