सानोठिमी क्याम्पसमा आगजनी
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संघारमा भक्तपुरस्थित सानोठिमी क्याम्पसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी गरेको हो ।
अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति विरेन्द्र बस्नेतले अनेरास्ववियु र विप्लव निकट अखिल क्रान्तिकारीले आफ्नो प्यानल हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाएका छन् ।
एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले भने आरोपको खण्डन गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति विरेन्द्र बस्नेतको समूहले आगजनी गरेको आरोप लगाए ।
उनले भने-'रातभरी हाम्रो प्यानललाई क्याम्पसमा छिर्न दिइएको छैन । रातभरी सरकार पक्ष क्रान्तिकारीका साथीहरू क्याम्पस भित्र बसेका थिए । चारैतिर प्रहरीको तैनाथ भएकै बेलामा आगजनी भएको छ । प्रहरीले आगजनी गर्नेलाई गिरफ्तार नगरी मूकदर्शक भएको छ ।'
अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई बदनाम गर्ने उदेश्यले आगजनी भएको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखे ।
घटनाबारे अखिल क्रान्तिकारी (विप्लव) समूहका केन्द्रीय सदस्य एकराज डाँगीले महानगरीय प्रहरी परिसरका एसपी किरण राणाको नेतृत्वमा क्याम्पसमा खटिएको टोलीले अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षलाई क्याम्पस भित्र छिर्नसमेत नदिएको बताए ।
उनले भने-'क्याम्पस प्रमुखकै मिलेमतोमा आगजनी भएको छ । यसको निष्पक्ष छानबिन नभएसम्म निर्वाचन हुनुहुँदैन, उनीहरूले हाम्रा सङ्गठनमा आवद्ध विद्यार्थीको विद्यार्थी परिचय पत्रसमेत कब्जामा लिएका छन्, क्याम्पस प्रमुखले कब्जामा लिएको परिचय पत्र फिर्ता गर्नुपर्छ ।'
क्याम्पस प्रमुख घिमिरेले भने निर्वाचन नरोकिने बताए । क्याम्पसमा कुनै पनि बेला दुई पक्ष विद्यार्थीबिच झडप हुन सक्ने भएपछि सुरक्षा व्यवस्था कडा पारेको उनले बताए ।
महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबावु वलियाले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
सविना केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…