सातै प्रदेशका प्रमुख पदमुक्त

  ०७६ कात्तिक १७ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी हुन् ।

कात्तिक १७ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Press Release_Presidentofnepal


अनलाइन डेस्क