साइबर क्राइम गरेको आरोपमा युट्युब सञ्चालक गिरफ्तार

  ०७६ जेठ २८ गते

मेमे नेपाल नामक युट्युब च्यानलका सञ्चालक प्रणेश गौतमलाई प्रहरीले साइबर क्राइमको आरोपमा जेठ २४ गते गिरफ्तार गरेको छ । नेपाली फिल्म वीरविक्रम दुईको समीक्षाका नाममा कलाकारलाई गालीगलौज र अपमानजनक व्यवहार गर्दै युट्युबमा सामग्री प्रसारण गरेको आरोपमा उनीमाथि उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा गौतमलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले जानकारी दिए । कलाकारको इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेको भन्दै साइबर क्राइमसम्बन्धी मुद्दामा गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको एसपी ढकालले बताए ।


विमला पौडेल