सहिदका फोटो र भिडियो देखाएर मत नमागः आयोग
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा सहिदका फोटो एवम् भिडियो देखाएर मत नमाग्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।
मङ्सिर १५ गते आयोगले प्रदेश नम्बर २ का विभिन्न निर्वाचन क्षेत्रमा सहिदका फोटो एवम् भिडियो सामग्रीलाई चुनावी प्रचारका सामग्री बनाइएको भन्दै त्यस्तो कार्य नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
आयोगको निर्देशन उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाईसमेत आयोगले निर्देशन दिएको छ । विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य तथा तस्विरलाई सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमार्फत भोट माग्ने प्रचार सामग्रीका रूपमा प्रयोग गरिएको पाइएकाले यस्तो निर्देशन दिनुपरेको आयोगले जनाएको छ ।
त्यस्ता कार्यले निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सहिदहरूको सम्मानमा आघात पर्ने भएकोले तत्काल हटाउन निर्देशन दिइएको जनाइएको छ । राजनीतिक दल तथा उम्मेदवारले त्यस्ता सामग्रीलाई अटेर गरेर नहटाए आफैँ हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगका कार्यालय, सुरक्षा निकाय र अनुगमतकर्तालाई निर्देशन दिइएको ढकालले बताए ।
सुभाष साह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…