सहपाठीको कुटपिटबाट घाइते बालकको उपचारका क्रममा मृत्यु
पोखरा महानगरपालिका–१३ स्थित एक विद्यालयमा कक्षा ५ मा पढ्ने विद्यार्थीबिच एक आपसमा झगडा हुँदा १५ वर्षीय होमबहादुर बिकको मृत्यु भएको छ ।
माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजे होमबहादुरलाई १५ वर्षीय सहपाठीले शौचालय गएका बेला गालाको थप्पड हानेको आरोप छ । गालामा पूरानो घाउ भएका होमबहादुर सोही दिनदेखि बेहोस थिए ।
मणिपाल अस्पतालको इमर्जेन्सीमा भर्ना गरेर उनको शल्यक्रिया गरिएको थियो । पिटाइबाट घाइते भएका होमबहादुरको उपचारकै क्रममा माघ २५ गते निधन भएको हो ।
उनको अप्रेशन गरेका डा. कृष्ण कोइरालाले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताए ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले घटना भए लगत्तै आरोपित बालकलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको बताए ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…