ससुराको कुटपिटबाट बुहारी घाइते, आरोपित गिरफ्तार

  ०७४ चैत ६ गते

कालिञ्चोक गाउँपालिका-५ तिनधारेकी २८ वर्षीया शान्ति खड्कालाई ५७ वर्षीय कान्छा ससुरा खिलबहादुर खड्काले चैत ५ गते बेलुकी पीडितकै घरमा मुड्की र दाउराले कुटपिट गरी घाइते बनाएका छन् ।

घरायसी विवादमा पिडित महिलालाज्ञ आरोपित खिलबहादुरले दाउराले कुटेको स्थानीय चित्रबहादुर खड्काले बताए ।

घटनापछि इलाका प्रहरी कार्यालय सिङ्गटीबाट गएको प्रहरीले आरोपित खिलबहादुरलाई चैत ५ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सई यज्ञानन्दप्रसाद शाहले बताए ।

कुटपिटका कारण पीडित महिलाको च्यापुको हड्डी भाँचिएको पीडित पक्षले जनाएको छ । घाइते शान्तिलाई चैत ५ गते नै बि एण्ड बि अस्पताल ललितपुर भर्ना गरिएको पीडितका ससुरा मानबहादुर खड्काले बताए ।


उद्धव पोखरेल