सशस्त्र द्वन्द्वमा प्रयोग भएका हतियार गाउँगाउँमा भेटिए
जिल्ला प्रहरी कार्यालय जुम्लाले विस्तृत शान्ति सम्झौता भएयता ०६३ देखि ०७३ पुस पहिलो हप्तासम्म जिल्लाका विभिन्न गाउँमा बरामद गरेका अवैध हतियार पुस २७ गते सार्वजनिक गरेको छ ।
प्रहरीले यो अवधिमा सबै किसिमका गरी २ हजार ९ सय ८५ थान हतियारहरू बरामद गरेको एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।
प्रहरीले बरामद गरेका हतियारहरूमा एम १६ राइफल दुई थान, एसएलआर राइफल १० थान, एसएमजी राइफल १६ थान, इन्सास राइफल दुई थान, सर्टगन आठ थान, वन बेल्ट राइफल १६ थान, मास्केट हतियार दुई थान, दुई इन्चको मोर्टार एक थान, हर्नेट सात थान, एयर गन २५ थान, जिएसटी क्यालिबर २३ थान, थ्रीनटथ्री राइफल ७३ थान, टुटु आठ थान, बाह्रबोर ७४ थान, म्याग्नम एक थान, भरूवा बन्दुक घरेलु हतियार ७ सय ८१ थान, पेस्तोल ४ सय ८४ थान, रिभल्वर १ सय १७ थान, थ्री फिप्टिन ५ थान र कटुवा पेस्तोल १ हजार ३ सय ३० थान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी गुरूविष्णु काफ्लेका अनुसार केही भरूवा बन्दुक घरेलु अवैध हतियार भएपनि अन्य सबै अत्याधुनिक हतियार भने सशस्त्र द्वन्द्वपछि नै बरामद गरेको हुनाले अझै गाउँघरमा सशस्त्र द्वन्द्वमा प्रयोग भएका हातहतियार रहेको हुन सक्ने अनुमान रहेको छ । उनले भने–‘हामी गाउँबाट यस्ता अवैध हातहतियारहरू बरामद गर्ने क्रममा छौँ ।’
विस्तृत शान्ति सम्झौता भएको १० वर्षपछिसम्म पनि उतिबेला प्रयोग गरिएका हातहतियारको प्रयोग गरी अपराधिक घटना हुने गरेको प्रहरीले जनाएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…