सल्ली खोलामा चामल अलपत्र, ठेकेदार सम्पर्क विहीन
नाम्खा गाउँपालिका–५ मा रहेको सल्ली खोलामा ०७६ मङ्सिरदेखि हालसम्म तीन सय क्वीन्टल चामल अलपत्र परेको छ भने ठेकेदार सम्पर्क विहीन भएका छन् ।
केरुङको हिल्सा हुँदै सल्ली खोलासम्म आइपुगेको चार हजार क्वीन्टल चामलमध्ये तीन सय क्विन्टल चामल अलपत्र परेको हो । नेपाल खाद्य संस्थान सिमकोटमा आर्थिक वर्ष ०७५÷७६ मा आइपुग्नु पर्ने चार हजार क्वीन्टलमध्ये तीन हजार ७ सय क्विन्टल चामल सदरमुकाम सिमकोट पुगेको र बाँकी खोलामा अलपत्र परेको छ ।
चामल भदौदेखि मङ्सिरसम्म सदरमुकाम सिमकोट ओसारिएको थियो । जसमा तीन हजार ७ सय क्वीन्टल मात्र आइपुगेको सिमकोट खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिनु भयो । प्रमुख विष्टले भन्नु भयो, ‘मङ्सिरको अन्तिम हप्तादेखि जिल्लामा निरन्तर हिमपात भएपछि सिमकोट पुग्नुपर्ने बाँकी चामल हिमपातले कुहिन सक्ने जानकारी गराउनु भयो ।’
“सरदमुकाम सिमकोटभन्दा बढी हिमपात हुने त्यस क्षेत्रमा प्लाष्टिकको भरमा छोपेर राखिएको चामल कसो नकुहिएला र ?” उहाँले भन्नु भयो । हवाई मार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौं केरुङबाट स्थलमार्गबाट आउन ६ दिन लाग्छ ।
हवाई मार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भएता पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको छ । ठेकेदारको लापारवाही र ढिलासुस्तीले स्थलमार्गबाट सल्लीमा पुगेको चामल सिमकोट नपुगेर बिच बाटोमै अलपत्र परेको छ ।
हवाईमार्ग र स्थल मार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा लिएका चङ्खेली देउतीबजै जेभिका ठेकेदार धुर्व शाहीले त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनु भयो । यस सम्बन्धमा कामदारलाई सोधेर मात्र जानकारी गराउने उहाँले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…