सर्लाही घटनाका सम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

  ०७६ असार ६ गते

सर्लाहीमा भएको दोहोरो मुठभेडको क्रममा प्रहरीको गोलीबाट असार ५ गते नेत्रविक्रक चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगद्वारा असार ६ गते जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । घटनाको सत्य तथ्य अनुसन्धान तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय एवम् प्रदेश २ कार्यालयबाट टोली खटिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगको केन्द्रीय कार्यालयको टोली असार ६ गते बिहानै घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ ।


दीपकप्रसाद घिमिरे