सरूमारानी गाउँपालिकाद्वारा २२ ओटा ऐन, नियमावली र कार्यविधि पारित

  ०७५ असार २५ गते

सरूमारानी गाउँपालिकाले २२ वटा ऐन, नियमावली र कार्यविधि पारित छ । तेस्रो गाउँ सभामा पेश भई दफावार छलफलपछि ऐन, नियमावली तथा कार्याविधि पारित गरिएको गाउँपालिकाका अध्यक्ष झकबहादुर विकले बताए ।

गाउँसभा असार २० गते सुरू गरेर विभिन्न विषयगत समितिको बैठक, गाउँसभामा पेश गरिएका विभिन्न प्रस्तावमाथि छलफल गर्दै असार २४ गते सकिएको हो ।

गाउँ सभाबाट शिक्षा ऐन, सामाजिक न्याय ऐन, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनलगायत चार वटा ऐन पारित गरिएको छ । गाउँसभा सञ्चालन तथा व्यवस्थापन नियमावलीलगायत १२ वटा नियमावली, ६ वटा कार्यविधि र निर्देशिका पारित गरेको गाउँपालिकाका कानुनी सल्लाहकार यादव खनालले बताए ।

उनका अनुसार पारित ऐन, नियमावली तथा कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यन्वयनमा आउने कानुनी सल्लाहकार खनालले बताए ।


रविन्द्र पाण्डे