सरसफाई कार्यक्रमको अगुवाई गर्दै बाल अधिकार चेतना समूह

  ०७५ पुस २८ गते

बाल अधिकार चेतना समूहको कार्ययोजना अनुसार समूहकै अगुवाइमा कलैया उपमहानगरपालिका–१५मा पुस २७ गते सरसफाई कार्यक्रम गरिएको छ । कलैया उपमहानगरपालिका–१५ वडा कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) बाराको सहकार्य र इन्सेक प्रदेश २ कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालय परिसरको सरसफाई गरी सरसफाई र्‍यालीले गाउँ परिक्रमा गरेको थियो । सहभागीहरूले व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाईका विषयमा गाउँका घर घरमा गएर प्रचार गरेका थिए । र्‍यालीले विद्यालय फोहर भए ज्यानै जान्छ हाम्रो, सफाईको सुविधाले पढाई हुन्छ राम्रोलगायतका नारा लेखिएका प्ले कार्ड बोकेर गाउँको परिक्रमा गरेको थियो ।

गाउँ परिक्रमा पछि सरसफाई जुलुस विद्यालय परिसरमा पुगी सभामा परिणत भएको थियो । कलैया उपमहानगरपालिका–१५ का वडा अध्यक्ष भोरिकप्रसाद यादवले शिक्षाको विकास गर्न वडा कार्यालयले सहयोग गर्ने बताए । शौचालय पुरानो र अपुग भएकाले नयाँ शौचालय निर्माण गर्न विद्यालय परिवार र समाजले सहकार्य गर्न आवश्यक रहेको उनको भनाई छ ।

photo20190112bara (1)

photo20190112bara (2)

photo20190112bara (3)

photo20190112bara (4)


भोलानाथ पौडेल