सरकारी विद्यालयमा शुल्क उठाउँदा विद्यार्थी मर्कामा
जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर मावि, मानसरोवर मावि, भिमसेन आधारभुत विद्यालय र कालाशिल्ता प्राविले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउँदा विद्यार्थी मर्कामा परेका छन् ।
संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका यी विद्यालयले शुल्क लिँदै आएको अविभावक चितलसिंह रोकायाले गुनासो गरे ।
नेपालको संविधानको शिक्षासम्बन्धी हकमा आधारभुत शिक्षालाई निःशुल्क र माध्यमिक शिक्षा अनिवार्य बनाइएको छ । कुनै पनि बाहानामा सरकारी विद्यालयले शुल्क उठाउन नहुने सरकारले निर्देशन जारी गरेपनि जिल्लामा रहेका विद्यालयमा सो निर्देशन विपरीत शुल्क उठाउने गरेको पाइएको हो ।
नियमित सोही विद्यालयमा अध्यनरत विद्यार्थी वा नयाँ भर्ना हुन आउने विद्यार्थीबाट बालमन्दिर मावि, मानसरोवर मावि, भिमसेन आधारभुत विद्यालय र कालाशिल्ता प्राविले भर्ना शुल्कसमेत लिने गरेको अभिभावकले बताए ।
विद्यालयलाई सहयोग गर्ने भन्दै विद्यालयले सबै विद्यार्थीसँग कम्प्युटर शुल्क, विद्युत शुल्क, खानेपानी शुल्क, परीक्षा शुल्क, विविध शुल्क जस्ता विभिन्न नाममा विद्यार्थीबाट शुल्क उठाउने गरेका हुन् ।
बालमन्दिर माध्यमिक विद्यालयले शिशु कक्षामा १ सय, कक्षा १ देखि ३ सम्म १ सय ५० रुपियाँ, कक्षा ४ देखि ८ सम्म ३ सय ५० रुपियाँ, कक्षा ९ र १० मा ५ सय रुपियाँ मासिक शुल्क उठाउने गरेको शिक्षक भैरव सिंहले जानकारी दिए ।
त्यस्तै भिमसेन आधारभुत र कालाशिल्ता प्राविले पनि अङग्रेजी माध्यममा पढाइने कक्षाका विद्यार्थीबाट निजी विद्यालयले जस्तै चर्को शुल्क उठाउने गरेको अविभावक चितलसिंह रोकायाले गुनासो गरे ।
मानसरोवर माविले पनि एकै कक्षामा धेरै जना विद्यार्थी भएकाले सेक्सन वा समूह छुट्याएर पढाउँदा शिक्षकको अभाव भएकाले निजी स्रोतबाट शिक्षक राख्नु पर्दा शुल्क उठाउनु परेको प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।
'विद्यालयले विद्यार्थीबाट उठाएको शुल्क विद्यालयको चक, डस्टर, खेल सामग्री, परीक्षाका लागि प्रश्न तथा उत्तर पुस्तिकाका लागि उठाएको हो । यसको कुनै दुरुपयोग हुँदैन । यो हाम्रो बाध्यता हो ।'- बालमन्दिर माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोरा रावतले भने ।
शिक्षक र व्यवस्थापन समितिले झारो टार्ने काम गरेतापनि सो रकम अन्यत्रै खर्च गर्ने गरेको सिमकोट गाउँपालिकाका स्थानीय अभिभावक बुदे रावतको आरोप छ ।
शिक्षा समन्वय इकाई प्रमुख वर्खबहादुर फडेराका अनुसार शिक्षा नियमावलीमा सरकारी विद्यालयले कुनै पनि शुल्क उठाउन पाउने नियम छैन ।
उनले भने-'शिक्षा नियमावलीमा कक्षा ९ र १० का विद्यार्थीबाट मात्र भैपरी आउने समस्यका लागि न्यून मात्रामा शुल्क उठाउने प्रावधान रहेको छ ।'
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…