सरकारी कार्यालयमा कर्मचारीको अभावले सेवाग्राहीलाई सास्ती
दसैँ तिहार विदामा घर गएका अछामका सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरू कार्यालयमा कात्तिक २३ गतेसम्म नफर्कँदा सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न ठाउँबाट सरकारी सेवा लिन सदरमुकाम मङ्गलसेन आएका सेवाग्राहीले कार्यालय प्रमुख तथा फाँटवाला कर्मचारी नहुँदा प्रशासनिक काम नभएर त्यसै फर्कनु परेको गुनासो गरेका हुन् ।
जिल्ला विकास समिति, जिल्ला शिक्षा, जिल्ला वन, जिल्ला कृषि, जिल्ला भूसंरक्षण र नापी कार्यालयका प्रमुख विहीन भएका छन् । स्थानीय तह पुनर्संरचनाको खाका बुझाउन गएका स्थानीय विकास अधिकारी बाहेक सबै प्रमुखहरू दसैँ अघि विदामा गएका हुन् । यस्तै विदामा गएका जिल्लाका अधिकाँश सरकारी कार्यालयमा कार्यरत फाँटवाला र अन्य कर्मचारी कार्यालयमा नभेटिने गरेको पत्रकार नरेश शाहीले बताए ।
कार्यालय प्रमुख हाजिर नुहँदा सम्म कार्यालय निमित्तको भरमा काम भइरहेको र बाँकी रहेका कर्मचारी पनि चाँडै आउने सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले बताए ।
शिवराज ढुङ्गाना
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…