समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् ।
विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र माटो बोक्ने काम महिला र पुरुष दुबैले समान काम गरेका हुन् । तर महिलालाई प्रतिदिनको ज्याला ५ सय र पुरुषलाई ८ सय रुपियाँ दिएको स्थानीय बाँचु रावतले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो महिला पुरुषले समान काम गर्दा समान ज्याला नपाउनु दुःखको अनुभूति भयो । अहिले पनि महिला पुरुष बीच विभेद कायम रहेको छ ।
धेरैजसो महिलालाई आफूले पाउने ज्यालाको बारेमा जानकारी नै दिदैनन् । काम मात्रै गराउने गरेको दिलमाया थापाले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले पनि पुरुष बराबरको ज्याला पाउनु पर्छ भन्ने हो । तर महिलालाई पुरुषले दिदैनन् । महिला पुरुष समान हुन् भन्ने जानकारी हुँदा पनि कार्यान्वयन नहुने गरेको सरस्वती रावतले बताउनुभयो ।
तिला गाउँपालिका–५ का वडाध्यक्ष कालीबहादुर बुढाले यो विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, यस सम्बन्धमा घेरवार निर्माण उपभोक्ता समितिका पदाधिकारी र गाउँका अगुवासँग बसेर छलफल गर्नेछौँ, । यस विषयमा जानकारी दिनु भयो वडा कार्यालयको ध्यानाकर्षण भएको छ । उहाँले भन्नु भयो “अहिलेको युगमा महिलाले समान कामको समान ज्याला नपाउनु अन्याय हो ।”
मानदत्त रावल
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको…
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा …
कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरवरियालाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६…
बालबालिकालाई शारीरिक र मानसिक यातना दिएका आरोपित गिरफ्तार
कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनी आश्वासन दिई बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिने कार्य गरेको आरोपमा मादी गाउँपालिका–६ भुमे प्राथमिक…